Description
यहाँ विद्यालय तहका नेपाली विषयसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीहरू समावेश गरिएका छन् । पाठ्यपुस्तकका विषयसूचीमा रहेका कथा, कविता, जीवनी, चिठी, निबन्ध, संवाद, प्रबन्ध, दैनिकी, यात्रा वर्णन, मनोवाद जस्ता पाठहरूसँग सम्बन्धित सामग्रीहरू यसमा समेटिएका छन् । यहाँ हरेक पाठभित्र रहेका ‘पूर्वपठन’, ‘बोध र अभिव्यक्ति’, ‘सिर्जना र परियोजना कार्य’, ‘सुनाइ पाठ’सँग सम्बन्धित तथा सन्दर्भसामग्रीका रूपमा विभिन्न श्रव्यदृश्य सामग्री उपलब्ध छन् । श्रव्यदृश्य कस्तो किसिमको छ र त्यसको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा हरेक पाठमा जानकारी दिइएको छ । शिक्षकलाई सशक्तीकरण गर्नका लागि पाठ्यव्रmमसँग सम्बन्धित थप अवधारणाहरूको व्याख्या समावेश गरिएको छ । हरेक प्रस्तुतिलाई प्रभावकारी र रोचक बनाउनका लागि भिडियो एनिमेसन, आवश्यक तस्बिरहरू र उपशीर्षकहरू समावेश गरिएका छन् जसले शिक्षकहरूलाई विषयवस्तुबारे थप जानकारी प्रदान गर्न सघाउँछ । त्यसै गरी पाठ्यपुस्तकमा रहेका अतिरिक्त गतिविधिहरूमा विद्यार्थीलाई संलग्न गराउन विभिन्न थप सामग्री निर्माण गरिएका छन् ।