Description
यहाँ कक्षा ८ को सामाजिक विषयका पाठसँग सम्बन्धित अडियो–भिडियोहरु समावेश गरिएका छन् । यहाँ किताबमा भएका पाठमा आधारित ५० वटा भन्दा बढी र सन्दर्भ सामग्रीका रुपमा रहने गरी थप अडियो–भिडियोहरु पनि राखिएका छन् । भिडियो कस्तो किसिमको छ र त्यसको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा हरेक पाठमा जानकारी दिइएको छ । यसभित्र शिक्षकलाई शसक्तिकरण गर्नका लागि सामाजिक पाठ्यक्रममा रहेका सबै पाठहरूको अडियो-भिजुअल प्रस्तुति छन् । हरेक प्रस्तुतिलाई प्रभावकारी र रोचक बनाउनका लागि भिडियो एनिमेसन, आवश्यक तस्वीरहरू र उपशीर्षकहरू समावेश गरिएको छ।यसमा पाठ्यक्रमसँग सम्बन्धित थप अवधारणाहरूको व्याख्या समावेश छ, जसले शिक्षकहरूलाई विषयवस्तु बारे थप जानकारी प्रदान गर्न सघाउँछ। त्यसैगरी विद्यार्थीहरूलाई पाठ्यक्रममा रहेका अतिरिक्त गतिविधिहरूमा संलग्न गराउन निर्माण गरिएको सामग्रीहरू पनि समावेश छन्।